AArya
RUMPUM
animated ellipse animated ellipse

दुहबीलाई स्वास्थ्यको क्षेत्रमा प्रदेशकै नमूना नगर बनाउँछु स् मेयर गच्छदार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ मंसिर २०७६, बुधबार २१:००
3
Shares
दुहबी / सुनसरीको दुहबी १० स्थित सिमरीयामा रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (प्रसुती गृह) को उद्घाटन गर्दैै दुहबी नगर प्रमुख वेदनारायण गच्छदारले स्वास्थ्यको क्षेत्रमा दुहबी नगरपालिका एक नम्बर प्रदेशकै नमूना नगर बनाउँने
उद्घोष गरे ।

दुहबीमा रहेको ६ ओटा स्वास्थ्य चौकीलाई स्वास्थ्यको मापदण्ड अनुसार अत्याधुनिक स्वास्थ्य उपकरण सहित बर्थिङ सेन्टर (प्रसुती गृह) भएको जानकारी दिँदै ढुक्क भएर सुरक्षित सेवा लिन नगरवासीलाई आग्रह समेत गरे । मेयर गच्छदारले दुहबीको सम्पूर्ण स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (प्रसुती गृह) रहेको सुनसरीमै एकमात्र स्थानिय तह रहेको दाबी गरे । साथै उनले अत्याधुनिक भिडीयो एक्सरे मेशिन सहितको सेवाकालागि कार्यपालिकाको बैठकबाट १६ लाख ५० हजार बजेट बिनियोजन गरिसकेकाले विपन्न वर्गकाहरुले प्रत्यक्ष लाभ पाउँने समेत जानकारी । केहि दिन अगाडी सिमरीयामा भएको जनतासँग मेयर कार्यक्रमको निशुल्क आँखा शिविरमा मेयर गच्छदारले आफु मेयर रहुन्जेल जल बिन्दु,मोतीया बिन्दु र आँखामा मासु पलाएका दुहबीबासीहरुकालागि निशुल्क शल्यक्रिया गराउँने प्रतिबद्धता दोहोर्याए ।

दुहबी नगर उपप्रमुख सुनिता दाहाल(साह) दुहबी शिक्षा शाखा प्रमुख निलमणी दाहाल, स्वास्थ्य शाखा प्रमुख बिन्देश्वरप्रसाद मेहता, दुहबी १० का वडाध्यक्ष लधुराम माझी जनता मावि व्यवस्थापन समितिका अध्यक्ष हरीप्रसाद खड्गीले सफा र सुरक्षित प्रसुति सेवा लिन वडावासीहरुलाई आग्रह गरे ।

उपप्रमुख दाहालले उपमेयरसँग आमा सुरक्षा
कार्यक्रम अन्तर्गत सुत्केरीलाई भिटामिन खर्चकालागि ५ सय सहयोग उपलब्ध गराइएकोले त्यसको लाभ लिन आग्रह गरिन् । दुहबी नगरपालिकाले अनिवार्य चार पटक सुत्केरी जाँच गराउँनेलाई ४ सय र १ हजार अतिरिक्त सुत्केरी खर्च समेत दिने गरेको छ । सो अवसरमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै ७ जना महिला स्वास्थ्य स्वंयसेवीका र दुहबी १० सिमरीया स्वास्थ्य चौकीका पूर्व इञ्चार्ज राजेन्द्र यादवलाई दोसल्ला ओढाइ सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर