पूर्वाञ्चल खबर
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
विभागिय मुल्य, मान्यता, आदेश र निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही बम बिष्फोटनको घटना घटाई आम नागरिकहरुमा आतंक फैल्याउने कार्य गरी फरार रहेका अवाञ्छित घटनामा संलग्न अभियुक्तहरुलाई कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान समूहमा कार्यरत प्रहरी सहायक निरीक्षक खड्काले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल कार्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।