RUMPUM
animated ellipse animated ellipse

तमोर नदिले बगाएर एक जना बेपत्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० मंसिर २०७६, मंगलवार ११:४९
3
Shares

ताप्लेजुङ / ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका १ की ६० बर्षीया संगिता सुनुवार तमोर नदीले बगाएर बेपत्ता भएकी छिन् ।

सोमवार अपरान्ह पौने ५ बजेको समयमा तमोर नदी किनारामा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी सुनुवार नदीमा गई पानी भर्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएकी हुन् । नदीले बगाएर बेपत्ता भएकी सुनुवारको प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर