RUMPUM
animated ellipse animated ellipse

नेकपा विराटनगर समितिको सपथग्रहण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ मंसिर २०७६, आईतवार २०:२४
3
Shares

विराटनगर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर महानगर कमिटीको औपचारिक टुंगो लागेको छ ।

सहमति नजुटेकै कारण नगर कमिटी अध्यक्ष र सचिवको टुंगो लागेको लामो समयसम्म नगर कमिटी बन्न सकेको थिएन । सहमतिसँगै आइतबार नगर कमिटीका सदस्यहरुलाई पद तथा गोपनियताको शपथ गराइएको छ ।

नेकपा बिधान अनुसार मोरङ जिल्ला कमिटी सरहको मान्यता रहेको विराटनगर महानगरपालिका कमिटी १ सय ५५ सदस्यीय हुने भएको छ । यसअघि पूर्व एमालेको तर्फबाट ७५ जना, पूर्वमाओवादी केन्द्रको तर्फबाट ६० जना र विभिन्न दलबाट नेकपामा प्रवेश गरेका ११ जना गरी १ सय ४६ जना सदस्य रहने निर्णय एकता कार्यदलले गरेको थियो । अब ९ सदस्य थप गर्नेगरी सहमति भएको हो ।

पूर्व निर्णय अनुसार १ सय ४६ जनाको नाम टुंगिएको र थप गर्ने सहमति भएको ९ जना सदस्यको नाम भने अझै टुंगिएको छैन । नेकपा प्रदेश १ का सचिव सुरेश राई (हिमाल)ले महानगर समितिको नामावली पढेर सुनाएका थिए । त्यसपछि प्रदेशका इन्चार्ज भीम आचार्यले पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले दुईतिहाइ मत प्राप्त पार्टीको एकता प्रक्रियाबाट कमिटि बनेको बताउँदै एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताए । विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय तहबाट कम्युनिष्टहरुको विरुद्धमा गतिविधि भइरहेको भन्दै उनबले त्यसका विरुद्धमा एकजुट हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर