AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा काव्यारोहण’ आरोहण कविता यात्रामा कवि बैरागी काइँला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ मंसिर २०७६, शनिबार २०:२२
3
Shares

विराटनगर / विराटनगरमा आजदेखि ‘काव्यारोहण’ आरोहण कविता यात्रा सुरु भएको छ ।

आरोहण गुरुकुल विराटनगरको आयोजनामा सुरु भएको कविता यात्राको पहिलो अनुक्रममा वरिष्ठ कवि बैरागी काइँलाले आफ्ना कविता वाचन गरे ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा उनले प्लाञ्चेटको टेबल, अटोग्राफ, औंलाहरु चुमेर, माया र मफलर, आवरण, हाट भर्ने मानिस, म मेरो वजनजति मेरो धरतीलाई भार भएको छु लगायत दर्जन कविता वाचन गरे । हरेक महिनाको पहिलो शनिबार ख्यातीप्राप्त नेपाली कविहरुको एकल कविता वाचन गर्ने गरी आजबाट ‘काव्यारोहण’ सुरु गरिएको आयोजकले जनाएको छ ।

कला–साहित्यको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्थाले नेपाली कविताको संवद्र्धन–प्रवद्र्धन गर्ने उद्देश्यले कविता यात्रा सुरु गरेको आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए।

आजको कार्यक्रममा कविता सुन्न राष्ट्रियसभा सदस्य खेम नेपाली, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, साहित्यकार दधिराज सुवेदीलगायत साहित्यकार, प्राध्यापक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कविता यात्राको संरक्षक तथा प्रवद्र्धकको रुपमा विराटनगर महानगरपालिकाले सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर