RUMPUM
animated ellipse animated ellipse

ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको सभापति देउवाको आरोप

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ मंसिर २०७६, शनिबार १९:०८
3
Shares
फाइल तस्वीर

पोखरा / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर नक्सा छापेको आरोप लगाए ।

पोखरामा आज भएको चुनावी सभामा सभापति देउवाले ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै नसक्ने दाबी गरे । ओलीले यसअघि राष्ट्रवादको नाममा जनतालाई ढाँटेर चुनाव जितेको भन्दै देउवाले ओलीको राष्ट्रवादले अहिले कालापानीमा घुँडा टेकेको आरोप लगाए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको भन्दै देउवाले सन्धीमै महाकाली पूर्व नेपाल उल्लेख रहेको र महाकालीको पानीमा पनि आधा हक लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर