AArya
RUMPUM
animated ellipse animated ellipse

नमुना सार्वजनिक शौचालय बन्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ मंसिर २०७६, शनिबार ०८:५३
3
Shares

विराटचौक / स्वास्थ्यको क्षेत्रमा नमूना काम गर्ने भन्दै मोरङको सुन्दरहरैचा नगरपालिकामा व्यवस्थित शौचालय निर्माणको काम तीब्र गतिमा भइरहेको छ ।

नगर क्षेत्रभित्र पूर्वपश्चिम राजमार्गमा ६ वटा र विराटचोक– विराटनगर मार्गको हरैंचामा एउटा गरी ७ वटा सार्वजनिक शौचालय निर्माणको काम भइरहेको छ ।

शौचालय निर्माण महाअभियान अन्तर्गत सुन्दरहरैंचाको खोर्साने, विराटचोक, सलकपुर, गोठगाउँ, गछिया, बलिया र हरैँचामा शौचालय बन्दैछ । अहिले चारवटाको काम भइहरेको नगरपालिकाले जनाएको छ । खोर्साने, विराटचोक, सलकपुर र हरैँचामा शौचालय निर्माणाधीन अवस्थामा छ ।

सार्वजनिक शौचालय निर्माण महाअभियान समितिका संयोजक भोलेश्वर दुलालका अनुसार आधुनिक पुस्तकालयसहितको सुविधा रहेको शौचालय बन्दैछ । युरोपेली मापदण्ड अनुसार निर्माण हुने सलकपुर र विराटचोकको शौचालयको काम अन्तिम चरणमा पुगेको छ । निर्माण भइरहेका शौचालय बनाउनसाथ अन्य स्थानका शौचालय निर्माणको लागि पहल थालिने समितिले जनाएको छ ।

अहिले बनिरहेका शौचालयको लागि सुन्दरहरैंचाका उद्योगी, व्यापारी र नगरपालिकाको सहयोग रहेको छ । विदेशमा बस्ने सुन्दरहरैंचावासीले पनि आर्थिक सहयोग गरेको दुलालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर