पूर्वाञ्चल खबर
आगामी मंसिर २० गते विराटनगरमा हुने संघको निर्वाचनको लागि श्रेष्ठले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । मुलुक संघीय संरचनामा गएसँगै औषधी व्यवसायी संघले पनि त्यही अनुसारको तयारी गरेर प्रथम पटक जिल्लाहरूको अधिवेशन गर्न लागेको हो ।
यस्तो छ हरि मोहन श्रेष्ठको संघमा आवद्ध
२०४४ सालदेखि विराटनगरको ट्राफिक चौकस्थित ‘संगीता मेडिको’ बाट संचालनमा ल्याए ल्याएर औषधि ब्यबसायमा पाइला हालेका श्रेष्ठ सफल व्यवसायी हुन् । आफ्ना दाजुहरू राम मोहन श्रेष्ठ र सुरेशकुमार श्रेष्ठले २०३१ सालमा खोलेको संगीता मेडिको बाट नाम परिवर्तन गरि हाल ‘सौगात मेडिको र प्यासिफिक फर्मा टे«र्डस संचालन गर्दै आएका छन् । ०५१ सालमा पहिलो पटक नेपाल औषधि ब्यबसायी संघ कोशी शाखाको कार्यसमिति सदस्य पदमा चुनिएर त्यसपछि लगातार सो संघमा बिभिन्न पदमा रहेर काम गर्दै आएका छन् । बिगत ३२ वर्षदेखि औषधी व्यवसायी क्षेत्रमा लागि परेका श्रेष्ठ संघमा रहदा औषधी व्यवसायिहरूको हकहितदेखि संघको लागि महत्वपूर्ण योगदान पु¥याएका छन् ।
अध्यक्षको उम्मेदावरी घोषणा गरेका श्रेष्ठले २०७० सालदेखि हालसम्म महासचिब भइ कुसलता पूर्वक जिम्मेवारी बहन गर्दै आएका छन् । श्रेष्ठ २०५१ सालमा नेतृत्वमा आएपछि विराटनगरमा रहेको नेपाल औषधि व्यवसायी संघको जग्गा खरिददेखि भवन निमार्ण गर्नमा उल्लेखिनिय भूमिका निभार्ह गरेका थिए । संघको भवन निमार्णमा उनले देखाएको सक्रियता र खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै २०५४ सालको अधिवेशनबाट अत्याधिक मत प्राप्त गरि संघको कोषाध्यक्ष निर्वाचित भएका थिए । पाएको जिम्मेवारी कुसलता पुर्वक सम्पन्न गर्न सक्ने क्षमता भएको श्रेष्ठ त्यसपछि यता पनि निरन्तर सघंको विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । सरल स्वभाव र औषधी व्यवसायीहरूको हक हितमा सधैभरी लागि परेका कारणले दुई कार्यकाल अत्याधिक मत प्राप्त गरि महासचिबमा निर्वाचित भए । उनी पहिलो पटक २०७० सालको अधिवेशनबाट महासचिबमा निर्वाचित भए ।
यस्ता छन् उनको योगदान
विगतका दिनहरूमा फार्मेशी पढेका वा ‘ओरिएनटेसन’ तालिम गरेकाले मात्र औषधी पसल खोल्न पाउने नियम औषधी व्यवस्था विभागले लागू गरेको थियो । त्यस बेलामा धेरै औषधी व्यवसायीहरूले संचालन गरेको पसल अरूको नाममा रहेको थियो । जसले गर्दा लगानी जोखिममा परेको थियो । राजस्व पनि अरुको नाममा नामबाट तिर्नुपर्ने समस्या थियो । यी समस्याको अन्त्य गर्दै नेपाली नागरिक भएका जोसुकैले पनि आफु संचालक भइ फार्मेसी पढेका वा ओरियनटेसन तालिम लिएका व्यक्तिलाई राखेर औषधी व्यवसाय संचालन गर्न सक्ने व्यवस्था ल्याएका थिए ।
महासचिब हुँदा श्रेष्ठले नेपाली नागरिक भएका जोसुकैले पनि फार्मेसी खुल्न पाउने नियम लागू गराउन सफल भए । जब श्रेष्ठ नेतृत्वमा पुगे उनले आफुले उठाएको एजेण्डालाई स्थापित गराउन सफल भएको उनको कथन छ । त्यस बेलाका तत्कालिन संघको अध्यक्ष लक्ष्मण माझी चौधरी थिए । नेपाली नागरिक भएका जोसुकैले पनि फार्मेसी खुल्न पाउने नियम लागू गराउन तत्कालिन अध्यक्ष चौधरी र बर्तमान महासचिब श्रेष्ठको पहलमा भयो ।
२०७४ सालको अधिवेशनबाट पुन : दोस्रो पटक महासचिबमा निर्वाचित भएपछि अध्यक्ष कुमार खतिवडाको नेतृत्वमा थप संघलाई व्यवस्थित बनाएका छन् । उनीहरूको कार्यकालमा सघंलाई प्रविधिमैत्री बनाएर औषधी व्यवस्था विभाग विराटनगर शाखामा ‘हेल्प डेक्स’ स्थापना गरि संचालनमा ल्याएका छन् । औषधी व्यवस्था विभाग विराटनगर शाखाको कार्यक्षेत्रमा पर्ने कोशी, मेची र सगरमाथा अञ्चलका औषधी व्यवसायीहरूलाई नविकरण देखि नयाँ पसल दर्ता गराउन सहज पहुच पु¥याउने उद्देश्यले उक्त हेल्प डेक्स स्थापना गरिएको हो । अहिले पनि यो सेवा जारी छ । यसका अलवा कोशी अञ्चल शाखाको मुख्य सहर धरान, इटहरी, इनरुवा, विराटचौक र उर्लाबारीमा बजारमा व्यवस्थापन इकाइ समिति खडा गरि संघलाई सक्रिय बनाइरहेको छ । उक्त इकाईले त्यहाँ रहेका औषधी व्यवसायीहरूमा परेको समस्या तत्काल हल र व्यवसायीको एकता कायम गरिदै आएको छ । ०७४ सालको कार्यकालमा सम्पूर्ण पदाधिकारी र कार्यसमिति सदस्यहरूले उल्लेखिनिय सहयोग पु¥याउँदै आएका छन् ।
तीन दशक भन्दा बढीदेखि औषधी व्यवसायी संघमा आवद्ध भएर व्यवसायिहरूको हक हित देखि हरेक क्षेत्रमा लागि परेको कारणले आफुले नेपाल औषधी व्यवसायि संघ मोरङको अध्यक्षको उम्मेदवारी घोषणा गरेको उनले बताए । ‘वर्षौदेखि आफु औषधी व्यवसायि संघमा आवद्ध भएर मैले खेलेको भूमिका सबैलाई थाहा छ,’ उनले भने, ‘सक्षम, योग्य र संघको नेतृत्व समालेर एउटा उचाइमा पु¥याउने भएकोले मैले उम्मेदवारी घोषणा गरेको छु । तपाइ सबै औषधी व्यवसायि साथीहरूको अमुल्य मत दिए विजयी गराउनुहुन विनम्र अनुरोध गर्दछु ।’ समृद्ध संघ व्यवसायीक एकता सक्षम व्यवसायी र सम्मानित व्यवसाय मेरो प्रतिवद्धा रहेको उनले बताए ।