AArya
RUMPUM
animated ellipse animated ellipse

एम्स कलेजमा सिमा अतिक्रमण सम्बन्धि कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ मंसिर २०७६, बुधबार २१:३६
3
Shares

विराटनगर / विराटनगर–९ मा अवस्थित एम्स कलेजका विद्यार्थीले आज सिमा अतिक्रमण सम्बन्धि खबरदारी गरेका छन् ।

कलेजमा स्नातक तहमा अध्ययनर विद्यार्थीहरुले वक्तृत्वकला प्रतियोगिताको माध्यमबाट सिमा अतिक्रमण सम्बन्धि खबरदारी गरेका हुन् । हालै भारतले नेपाली भुमि अतिक्रमण गरि सार्वजनिक गरेको नक्साका बारेमा चर्चा गरिएको थियो । राष्ट्रियताले भरिएका युवाका शब्दले गुञ्जयमान उक्त कार्यक्रममा बोल्दै देशलाई आइपरे कुनै कसुर बाँकी नराख्ने , अब कुनै जात, धर्म, लिङ्ग , भौगोलिक परिचयको मानसिकता नराखि देश बचाउनतिर लाग्ने विचार वक्ताहरुले गरेका थिए ।

सुगौली सन्धि, जनगणना, स्थानिय बासिन्दाले जग्गा मालपोत तिरेको प्रमाण, महाकाली नदि र भारत र नेपाल बिच भएका पटक पटकका सन्धीका बारेमा वृहत चर्चा बन्यो । विविएस तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरिएको कार्यक्रममा ८ विद्यार्थीको सहभागिता थियो ।

कार्यक्रममा विविएस प्रथम बर्षकी छात्रा विना अधिकारी , सोनिया उप्रेती द्धितीय र दोस्रो बर्षकी छात्रा स्नेहा दास तृतीय भईन् । कार्यक्रममा कलेजका प्रमुख सिएम बस्नेतले विद्यार्थीहरुले देखाएको देशभक्ति भावनाके कदर गर्दै छिमेकी देशको हेपाह प्रवृती सहेर बस्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर