पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर– ६ शिव मन्दिर मार्गस्थित ब्यूटी टच मेकअप स्टुडियो एण्ड ट्रेनिङ्ग सेन्टर सञ्चालनमा आएको छ । करिब १४ लाखको लागतमा मेकअप तथा टेनिङ्ग सेन्टर आजदेखि सञ्चालनमा आएको हो ।
उक्त ट्रेनिङ्ग सेन्टरको उद्घाटन सौन्र्दय कला व्यवसायी संघ नेपालकी केन्द्रीय सदस्य सन्तोषि श्रेष्ठ र राष्ट्रिय सैन्र्दयकर्मी यूनियन विराटनगरकी अध्यक्ष सायदा तबस्सुमले रिविन काटेर गरेकी थिइन् । सम्पूर्ण किसिमको मेकअप र ट्रेनिङ्ग लिन चाहने इच्छुकहरूका लागि ब्यूटी टच मेकअप स्टुडियो एण्ड ट्रेनिङ्ग सेन्टर खोलिएको सञ्चालक तथा ब्यूटिसियन सविता कार्कीले बताइन् । उनले काठमाण्डौंमा मेकअपमा डिप्लोमा गरेपछि विराटनगरमा टेनिङ्ग सेन्टर खोलिकी हुन् ।
कार्कीले काठमाण्डौंमा ३ महिनाको बेसिक कोर्ष, ६ महिनाको डिप्लोमा र १ महिनाको मास्टर कोष गरेपछि विराटनगरमा मेकअप र टेनिङ्ग सेन्टर खोलिएको उनले बताइन् ।