पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरमा शाखा रहेको जनता बैंक नेपालले विराटनगर स्थित बुधनगरमा रहेको श्री वाल निम्न माध्यमिक विद्यालयका दुई छात्रालाई छात्रवृती प्रदान गरेको छ ।
दुर्गीकुमारी ऋषिदेव र विपिका सर्बरियालाई विराटनगर शाखाका शाखा प्रबन्धक निश्चल अधिकारीले छात्रवृती रकम प्रदान गरे । सोहि अवसरमा विद्यालय प्रागणमा वृक्षारोपण समेत गरेको वैकले जनाएके छे । समाजसेवी मनिष बोहरा, स्कूलका प्रधानअध्यापक विरेन्द्रप्रसाद मण्डल, विद्यालय व्यवस्थापन समिती तथा जनता बैंक नेपालका कर्मचारी उपस्थित रहेका थिए ।