पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–२ मा रहेको बूढानिलकण्ठ अंग्रेजी मा.वि. मा शैक्षिक सत्र २०७६ को दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल वितरणको अवसर पारेर धार्मिक प्रदर्शनी आयोजना गरिएको छ ।
शुक्रबार आयोजित प्रदर्शनीमा कक्षा ४ देखि कक्षा ९ सम्मका विद्यार्थीहले हिन्दु, बौद्ध, मुस्लिम तथा क्रिस्चियन धर्महरुको छुट्टाछुट्टै स्टलहरुमा धर्म तथा परम्परामा आधारीत धर्मग्रन्थहरु, कपडाहरु, चाढ–पर्व तथा रितिरिवाजहरु, विधिन्न धार्मिक स्थलहरु जस्ता अनेकौं सामाग्रीहरुको नमुना प्रदर्शन गरेका थिए ।
प्रदर्शनीलाई अभिभावकहरुले बडो चासो लिएर अवलोकन गर्नुका साथै विद्यार्थीहरुको कार्यको मुक्तकण्ठले प्रशंसा गरेका गरेका थिए । स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले यस्तो प्रकारको प्रदर्शनीले विद्यार्थीहरुको रचनात्मक क्षमताको विकास गर्नमा सहयोग गर्ने र समाजमा “धार्मिक सहिष्णुता” काययम हुने बताए ।