पूर्वाञ्चल खबर
धरान / धरान क्षेत्रमा रहेका बाम बद्धिजिवी वर्गले भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूगोल समावेश गरेको विरोधमा आज साँझ मैनबत्ति जुलुस निकालेका छन् ।
बाम बुद्धिजिवी डा. रमेश घिमिरेको संयोजनमा भारतीय विस्तारवादको विरुद्ध विभिन्न नाराहरु लेखिएको प्ले कार्डसहित धरानको छाताचोकदेखि भानुचोकसम्म मैनबत्ति बालेर ¥याली गरि भानुचोकमा कोणसभा गरेको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेकपाका तर्फबाट धरान उपमहानगरका मेयरका प्रत्यासी प्रकाश राईले भारतको हेपाहा प्रवृति प्रति बाम बृद्धिजीवीहरुको खवरदारी उल्लेखनीय भएको बताए । उनले भारतसँगको सीमा विवाद नेकपा नेतृत्व सरकारले कुटनिकै पहल गर्ने बताउदैं भारतसँग सीमाबारे छलफलको तयारी भएको जानकारी दिए ।
कोणसभालाई बाम बुद्धिजिवी प्राडा भीम खतिवडा, प्राध्यापक उद्धव श्रेष्ठ, रुक्मणी मास्केलगायतले सम्बोधन गरेका थिए ।