RUMPUM
animated ellipse animated ellipse

सात लाखसहित दुई हुण्डी कारोवारी विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ कार्तिक २०७६, आईतवार २२:१२
3
Shares

विराटनगर / मोरङको विराटनगर महानगरपालिका १५ भन्सार कार्यालय अगाडी अवैध हुण्डी कारोबारी सात लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि छन् । हुण्डीको रकमसहित विराटनगर–१४ का ३० वर्षीय ज्योतिकुमार साह र भारत जोगवनीका १९ वर्षीय विक्कीकुमार साह रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

विराटनगर –१५ स्थित भन्सार कार्यालयको अगाडिको वाटोमा हुण्डी कारोबार गर्ने मानिसहरू को ३९ प ७३९६ नं को मोटरसाइकल प्रयोग गरी अबैध नगद रूपैयाको ओसारपसार गरिरहेको छ भनी प्राप्त गोप्य सूचनाको आधारमा प्रहरी टोलीले भारतबाट नेपालतर्फ आएका को ३९ प ७३९६ नं। को मोटरसाइकल रोकेर चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

डीएसपी खिँउजुका अनुसार मोटरसाइकल चालक ज्योतिकुमारका साथबाट चार लाख र पछाडि बसेका विक्कीकुमारको साथबाट तीन लाख गरेर सात लाख रुपैयाँ बरामद भएको बताए ।

भारतबाट हुण्डीको रकम लिएर नेपाल आउँदै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई मोटरसाइकल र बरामद भएको रकमसहित आज आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सोधपुछ गर्दा ७ लाख रुपैयाँ भारतको जोगवनी बजारबाट एक जना व्यक्तिले हुण्डि कारोवार अन्तर्गत पठाएको बताएका छन् । यसरी पठाएको रकम सम्वन्धित व्यक्तिको जिम्मा लगाएपछी प्रति १ लाख रुपैयाँ बराबर १ सय रुपैयाँ आफूले पाउने उनीहरुले बताएका छन् ।
उनीहरुलाई थप अनुसन्धान तथा कार्वाहीको लागि आज मुल भन्सार कार्यालय रानी विराटनगरमा मोरङका प्रहरी प्रवक्ता राजकुमार खिउजुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर