पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग र राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा विराटनगरमा आजदेखि सुरु भएको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी प्रादेशिक गोष्ठीमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।
सहकारी राष्ट्र निमार्णको लागि महत्पूर्ण ‘पिलर’ भूमिका निर्भाह गरेको उल्लेख गर्दै मुख्यमन्त्री राईले तीन तहको सरकारसँग समन्वय र सहकारी गरि एउटै सुर, तालमा हिड्नुपर्ने बताए । ‘प्रदेश सरकारले कृषि क्षेत्रलाई उच्च प्राथामिकतामा राखेको छ । यसलाई आधुनिकरण गरि गरिवी निवारण अन्त्य गरि रोजगारीको सृजना गरिनुपर्दछ,’ मुख्यमन्त्री राईले भने, ‘यसमा सहकारीको महत्वपूर्ण भूमिका रहन्छ ।’ प्रदेश सरकारले सहकारी विधेयक प्रदेशसभा बाट पारित गरेको जानकारी दिदै उनले भने, ‘त्यसमा केही कमि कम्जोरी भए आगमी दिनमा सच्याएर अगाडी बढने म यही कार्यक्रमबाट प्रतिवद्धता जाहेर गर्दछु ।’
सहकारी क्षेत्रलाई प्रत्यक्ष रुपमा जोडन प्रदेश सरकारले लगानि सम्मेलनको तयारी सुरु गरेको मुख्यमन्त्री राईले बताए । ‘परियोजनाको सूची संघिया सरकामा पुगेको छ,’ मुख्यमन्त्री राईले भने, ‘संघीय सरकारबाट स्वीकृतको तयारीमा छ । अब चाँडै स्वीकृत प्रदान भएपछि हामी प्रदेशमा लगानि सम्मेलन गर्दछौं ।’ लगानि सम्मेलनमा वैदेशिक र स्वदेशीसहित सहकारी क्षेत्रलाई समेटेर परियोजनाको काम अगाडी बढाउने मुख्यमन्त्री राईले बताए । सहकारी क्षेत्रलाई जोडेर विकास र समृद्धिको यात्रामा प्रदेश सरकार अगाडी बढने मुख्यमन्त्री राईको भनाई थियो ।
कार्यक्रममा बोल्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सर्युप्रसाद गौतमले सहकारी संस्थामा कालोधन प्रवेशलाई निषेध गरिनुपर्नेमा जोड दिए । सहकारीसंस्थाबाट गरिबी निवारण हटाएर विकास र समृद्धिको गतिमा अगाडीबा ढनुपर्ने उनले बताए । त्यस्तै राष्ट सहकारी संस्थाका लेखा संयोजक धर्मदत्त देवकोटाले सहकारीलाई राजनैतिक गर्ने थलाको रुपमा मात्र प्रयोग गर्न नुहने बताए । उनले सहकारीलाई उत्पादन र वृद्धि विकासमा अगाडी बढानुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका संचालक रमेश प्रसाद पोखरेल, रविन्द्र केसी, शिवकुमार डाँगीलगायले सहकारीलाई प्रविधिसँगै जोडेर अगाडी बढनुपर्नेमा जोड दिए ।