पूर्वाञ्चल खबर
दुई महिना भित्रपनि शुल्क नतिर्नेहरुको लाइन काट्ने अभियान नै सुरु गरि तीब्र बनाएको प्रधिकरणले जनाएको छ । प्राधिकरणले चालू आर्थिक वर्षको सुरुवातदेखि नै यो अभियान सुरु गरेको थियो । उक्त अभियानबाट साउनयता २८६ जना सेवाग्राहीको लाइन काटेको छ भने २ करोड २० लाख रुपैयाँ बक्यौता असुल गरेको प्राधिकरण प्रमुख राजिव सिंहले जानकारी दिए ।
प्राधिकरणले साउनमा १८, भदौमा ११२, असोजमा १०३ र कार्तिकको १९ गतेसम्ममा ५३ जना ग्राहकको लाइन काटेको हो । यो अभियान अझै तीब्र पारिने सिंहको भनाइ छ । चालू आर्थिक वर्षको प्रथम चौमासिकमा गत आर्थिक वर्ष बराबरको बक्यौता अशुल गरिसकेको छ । विराटनगर वितरण केन्द्रले चुहावट नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गरी यस वर्षको चुहावट ७.३७ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।
गत आर्थिक वर्षमा प्राधिकरण विराटनगर वितरण केन्द्रको चुहावट ९.६८ प्रतिशत थियो। यो वितरण केन्द्रले ५ वटा ३३ केभिए र २० वटा ११ केभीए फिडरबाट ६८ हजार ३८६ ग्राहकलाई विद्युत् र्पुयाउँदै आएको छ ।
विराटनगरमा अहिलेसम्मको उच्च माग भने ७५ मेगावाट छ। प्राधिकरणले चालू आर्थिक वर्षमा चुहावट नियन्त्रणका साथै भोल्टेजलाई सुधार गर्ने पनि लक्ष्य रहेको छ ।