खबर पूर्वाञ्चल
जिल्ला सरकारी वकिल कार्यालयले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जन भन्दा बढी व्यक्तिलाई इँट्टा भट्टाको चिम्नीमा जिउँदै जलाई क्रुर मानवता विरुद्धको कसुर अपराध गरेको भन्दै जिल्ला अदालत रौतहटमा अभियोगपत्र दर्ता गरेको हो ।
सरकारी वकिल कार्याललयले आलमसहितका व्यक्तिले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रूपमा विस्फोटक पदार्थ राख्ने अपराध गरेको दावीसहित तीनवटै कसूरमा सजाय माग दावी गरेको छ । सरकारी वकिल कार्यालयले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंकर साहसमेत विरुद्ध अभियोग पत्रदायर गरेको हो ।
आलमबाहेक अरु सबै फरार रहेकाछन् । उनीहरूविरुद्ध पक्राउ पूर्जी म्यादजारी गर्न पनि सरकारी वकिल कार्यालयले माग गरेको छ । घाइते सफी अहमद र गौरीशंकर, राम चमारमाथि ज्यान मार्ने उद्योग गरेको आरोप मामुलुकी ऐन २०२० को ज्यान सम्बन्धी महलको १५ नम्बर र मुलुकी अपराध संहिताको १८३ (२) बमोजिम कारबाही गर्न माग दावी गरिएको छ ।