पूर्वाञ्चल खबर
काठमाडौं /सरकारले सातवटै प्रदेश प्रमुखनियुक्तिकालागि राष्ट्रपति समक्षसिफारिस गरेको छ । मन्त्रिपरिषदको आज अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्को वैठकले प्रदेश १ मा सोमनाथ अधिकारी प्यासीलाई प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नामसिफारिस भएको छ ।
आइतबार दिउँसो बसेको मन्त्रीपरिषद् बैठकले सातवटै प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सिफारिस गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी थिइन् । सरकारको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा १६५ को उपधारा (१) खण्ड ख बमोजिम पदमुक्त गरेकी हुन् ।