AArya
RUMPUM
animated ellipse animated ellipse

आज कुकुर तिहार र लक्ष्मी पुजा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० कार्तिक २०७६, आईतवार ०८:३९
3
Shares
विराटनगर / नेपालहरुको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा यमपञ्चक र धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिदै छ ।

कात्तिक कृष्ण चतुर्दशी मनाइए पनि आइतबार बिहान चतुर्दशी र मध्यान्नपछि रातभर औंसी तिथि रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । त्यसैले बिहान कुकुरपूजा गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ ।

सोमबार बिहान औंसी तिथि भए पनि बिहानको ९ बजेर ४३ मिनेट गएपछि प्रतिपदा तिथि लाग्नेछ । कात्तिक कृष्ण औंसीका दिन धन सम्पत्तिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजा्आराधना गर्ने चलन रहेको छ । कात्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अध्यारो रातको रुपमा लिइन्छ ।

अध्यारो रातलाई प्रकाशले आलोकित पार्न आज घरघरमा झिलिमिली बत्ति बालेर लक्ष्मी भित्र्याइने प्रचलन छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भाइटीकाको उत्तम साइत मंगलबार बिहान ११ः५५ मा छ ।

यद्यपी दिनभर टीका लगाउन बाधा नपर्ने बताइएको छ ।

कार्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको हो । यसै दिनदेखि नेपाल संवत् ११४० शुरु हुन्छ ।
कार्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कार्तिक १२ गते नै भाइटीका मनाउन उपयुक्त हुने समितिले जनाएको छ । यद्यपी नेवार समुदायले भने १३ गते नै कियापुजा मनाउने भएको छन् । त्यसकै लागि सरकारले सो दिन पनि सार्वजनिक विदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर