AArya
RUMPUM
animated ellipse animated ellipse

राति १० बजेपछि देउँसी भैलो खेल्न रोक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ कार्तिक २०७६, शनिबार १९:४९
3
Shares

विराटनगर / तिहारको समयमा मोरङमा राति १० बजेपछि देउँसी भैलो खेल्न स्थानिय प्रशासनले रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सुरक्षा समितिको बैठकले तिहारमा राति १० बजेपछि देउसी भैलो खेल्न रोक लगाएको हो ।

सार्वजनिक आवागमनलाई अवरोध पुग्नेगरी समेत कुनैपनि कार्यक्रम नगर्न स्थानीय प्रशासन कार्यालयले अनुरोध गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले रातको समयमा देउसी र भैलोलगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्न नपाइने गरी जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको जानकारी दिए । ‘सार्वजनिक शान्ति सुव्यवस्थालाई खलल पुग्ने गरी चाडपर्व लगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधि नगर्न जिल्ला सुरक्षा समिति मोरङंले निर्णय गरेको छ,’ मोरङका प्रजिअ भूजेलले भने, ‘सांस्कृतिक पर्वलाई व्यवस्थित र अनुशासित बनाउँनका लागि राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी र भैलो तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना नगर्न भनेका हौं ।’ प्रशासनको निर्णय अटेर गरिए कार्यक्रम आयोजना गर्नेलाई नियन्त्रणमा लिएर शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा कारबाही गरिने उनले चेतावनी दिए ।

चाडपर्वको बेला जुवाजन्य क्रियाकलाप गर्ने मधिरा सेवन गरि शान्ति सुरक्षामा खलल पु¥याउनेलाई जो कोहीलाई पनि कानुन बमोजिक कारवाहीको दायरमा ल्याउने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले चाडपर्व मर्यादित र व्यवस्थित रुपमा मनाउन सरोकारवाला सबै पक्षसँग आग्रह गरिएको बताए । ‘शान्तिसुरक्षा र सार्वसाधारणको निजी जीवनमा नकारात्मक असर नहुने गरी सांस्कृतिक चाडपर्व तथा मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका छौं,’ मोरङका एसपी अधिकारीले भने, ‘कसैले देउसी र भैलो तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमको आबरणमा कुनैपनि व्यक्ति वा संस्थासँग लिखित वा मौखिक रुपमा जबर्जस्ती चन्दा माग गरेको पाइए त्यसमाथी पनि कडा कारबाही हुनेछ ।’ तिहारको समयमा पटका, आतासबाजी, रकेट जस्ता बारुद तथा विस्फोटकजन्य वस्तु ओसारपसार तथा बेचबिखन गर्नेमाथि समेत नियन्त्रणमा लिएर कारबाही गरिने उनले बताए । बारुदजन्य पदार्थ ओसारपसार तथा बिक्रिवितरण नियन्त्रण गर्न सादा पोशाक र गस्ती सहितको प्रहरी टोली नै खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर