पूर्वाञ्चल खबर
विराटनगर / अन्तर पार्टी महिला सञ्जालको प्रदेश १ को भेलाले शुशिला घिमिरे (सामना)को अध्यक्षतामा १६ सदस्यीय प्रदेश समिति गठन थरेको छ ।
सञ्जालका केन्द्रीय अध्यक्ष निलम केसीसहित केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा भएको भेलाले नेकपा प्रदेश कमिटि सदस्य घिमिरेको अध्यक्षतामा समिति गठन गरेको हो ।
भेलाले उपाध्यक्षमा अनिता मण्डल, सचिवमा लकी गणेश र कोषाध्यक्षमा अन्जु खड्कालाई चयन गरेको छ । समितिका सदस्यहरुमा अम्बिका थापा, जसमाया गजमेहर, अरुणादेवी राई, होमकुमारी सावाँ, रुक्मिणी कोइराला, लीला सुब्बा, मिना गुरुङ रहनुभएको छ । यसैगरी एककुमारी बस्नेत, आरती झा, आशा राई, पुन्यमाया पोख्रेल र सञ्जना थापा पनि सदस्य रहनुभएको छ ।
समितिमा नेकपा र नेपाली काग्रेंसको तर्फबाट ५÷५ जना, संघीय समाजवादी फोरमबाट २ जना, राजपा नेपालबाट २ जना, नेकपा माले र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट १÷१ जनालाई समेटेको छ । पदाधिकारीमा अध्यक्ष नेकपा, सचिव नेपाली काँग्रेस, उपाध्यक्ष राजपा नेपाल र कोषाध्यक्ष समाजवादी पार्टी नेपालबीच बाँडफाँड गरिएको छ ।
महिलाहरुको मुद्दामा सबै दलभित्र समान धारणा बनाउन र दवाव सृजना गर्न सञ्जालले भूमिका खेल्दै आएको छ ।