पूर्वाञ्चल खबर
धरान / नेपालीहरुको दोस्रो ठूलो चाड नजिकिदै जाँदा सुनसरीको धरानमा नक्कली नोटकोे भेटिएको छ ।
धरान १३ कृषि उपज बजारमा आएका व्यापारीहरुबाट सामान खरिद गर्न आएका व्यापारीहरुबाट चारवटा एक सयका नक्कली नोट भेटिएको हो ।
धरानमा अहिले नक्कली नोटको कारोबारको बढेको बताइएको छ । बजारमा केही समय अगाडि पनि नक्कली नोट भेटिएको थियो । अहिले पुनः १ सयका नक्कली नोट भेटिएपछि कानुनी जटिलता आउने देखेर व्यवसायीहरुले नै नोटहरु च्यातेर फालेका थिए ।
नोट यहाँका व्यवसायीमा नभई बाहिरबाट हरियो सागसब्जी, सुख्खा तरकारी, फलफूल खरिद गर्न आउने व्यापारीबाट भेटिएको कृषि उपज बजारका एक व्यापारीले बताएका छन् । भेटिएको नक्कली एक सयको नोट अन्य नोटभन्दा गाडा रहेको, बीचमा भएको सेतो धागो नभएको र लाली गुरासको लोगो भएको ठाउँमा खाली रहेको पाइएको छ ।