पूर्वाञ्चल खबर
केशव न्यौपाने
रगेली । रंङेली प्रहरीले ५ लाख बराबरको २ हजार ३ सय अबैध कुखुरा पक्राउ गरि आज नस्ट गरेको छ ।
रंङेली प्रहरी प्रमुख लेखनाथ दाहालका अनुसार सुनवर्षी ८ का नवि हुसेन मियाँले भारतबाट आफ्नो फाराममा ल्याएर भारतीय बोइलर कुखुराहरु पाले जस्तो गरि नेपाली बजारमा बिक्री गर्ने गरेको थाहा पाई आज विहान ४ः४५ बजे बिशेष सूचना र निरन्तर निगरानीपछि हुसेनले संचालन गरेको पोल्र्टी फार्मबाट तस्करीको कुखुरा ठूलो परिणाममा बरामद गरि नष्ट गरेको हो ।
प्रहरीले हुसेनको फारमबाट २ हजार ३ सयको सख्यामा करिब ५ लाखको कुखुरा बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय मोरङका डिएसपी घनश्याम श्रेष्ठको बताए ।
नेपालमा भन्दा भारतमा ठूलो साइजको कुखुलाको प्रतिकिलो १ सय रुपैयाँ सस्तो पर्ने भएकोले तस्करहरू भारतबाट अवैध रुपमा आयत गर्दछन् । उनीहरूले दैनिक मोटसाइमा तस्करी गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा जतिजति कडाइ गरिँदैछ उतिनै कुखुरा तस्करी पनि बढिरहेको छ । मोरङ र सनुरीका सीमावर्ती क्षेत्रमा कुखुरा र चल्लाका तस्कर दैनिकजसो पक्राउ भइरहेका छन् । तर, तस्करीमा संलग्न व्यक्तिलाई सामान्य जरिवाना गरी छोड्ने गर्दा कारोबार नरोकिनुको सट्टा बढै गएको हो । तस्करीले निरन्तरता पाउँदा जुनसुकै बेला बर्डफ्लुको महामारी फैलिन सक्ने खतरा रहेको सीमास्थित पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ ।