पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर जुनियर जेसिजले २४ औं स्थापना दिवसको अवसरपारि सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ ।
असोज २९ गतेदेखि शुरु सप्ताह अन्र्तगत विविध कार्यक्रमहरु भईरहेको अध्यक्ष दीपा ओडारीले जानकारी दिइन् । जेसिज क्वीजबाट शुरु भएको सप्ताहमा विहिबार लागू औषध अपराधमा यूवाहरुको भूमिका विषयक कार्यक्रम गरिएको थियो । सप्ताह अन्र्तगत आज मोरङ बुढीगंगा १ टंकीसिनवारीमा रहेको महिला जागृति बृद्धाआश्रमका जेष्ठ नागरिकहरुलाई खाध्यान्न वितरण गरिएको अध्यक्ष ओडारीले जानकारी दिइन् ।
यस्तै आजै विराटनगरको जेनिथ इन्टरनेशनल कलेजमा साईवर सुरक्षा संवन्धि सचेतना तालिम आयोजना गरिएको छ । तालिमको सहजीकरण शुभ श्री नेटवर्कका प्रमुख कार्यकारी अधिकृत अनुराग श्रेष्ठले गरे ।
कार्यक्रममा जेनिथ कलेजका अध्यक्ष प्रा।डा। दुर्गानन्द चौधरी, विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा।सन्देशदास श्रेष्ठ, पूर्व अध्यक्ष सनराईज चौधरी, जुनियर जेसिजका संयोजक पंकज सापकोटालगायतको सहभागिता रहेको थियो । तालिममा ५० जनाको सहभागिता रहेको अध्यक्ष ओडारीले बताइन् ।