AArya
RUMPUM
animated ellipse animated ellipse

समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपति भण्डारीको आग्रह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ आश्विन २०७६, मंगलवार १९:३३
3
Shares
फाइल तस्वीर

काठमाण्र्डौ / राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा सक्रिय योगदान गर्न गैरआवासीय नेपालीलाई आग्रह गरिन् ।

गैरआवासीय नेपाली संघ (एनआरएन)को नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनको आज उद्घाटन गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा उपयुक्त वातावरण बनेकाले ढुक्कका साथ लगानी गर्न आग्रह गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालमा विकसित हुँदै गइरहेको सहज र अनुकूल वातावरणमा संसारभरि आर्जेका ज्ञान, सीप अनुभव र उद्यमशीलतालाई सदुपयोग गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले व्यक्तिगत तथा सामूहिक लगानीमार्फत समुन्नत नेपाल निर्माणको महाअभियानमा सहभागी हुन गैरआवासीय नैपालीलाई आग्रह गरिन् । संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित नेपाल अहिले आर्थिक सामाजिक विकासको युगान्तकारी चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्व, दिगो शान्ति र स्थिरता कायम भएको बताइन् ।

नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग र उपयोग गर्ने गरी गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यो संवैधानिक व्यवस्थालाई व्यवहारमा उतार्न गैरआवासीय नेपालीसम्बन्धी नयाँ ऐन र नागरिकता ऐनलाई संशोधन गर्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको बताइन् । उनले आगामी दिनमा गैरआवासीय नेपालीलाई ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

नेपालको विकास र समृद्धिमा योगदान गर्ने उद्देश्यका लागि स्थापना भएको संघको सक्रिय भूमिकाको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले आगामी दिन मुलुकको विकास निर्माण थप सहयोग गर्नसमेत आग्रह गरिन् । पूर्वाधार निर्माण, शैक्षिक उन्नयन, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा निरन्तर सहयोग गर्न पनि उनले जोड दिइन् । देशभित्र र देश बाहिर रहेका हामी नेपाली एउटै परिवारका पारिवारिक सदस्य रहेको भन्दै राष्ट्रपति भण्डारीले हरेक दुई वर्षमा हुने सम्मेलन पारिवारिक मिलनको समेत रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर