पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर भित्रका ठूला अस्पताल वरिपरिका फार्मेसीका सञ्चालकको निर्देशनमा विरामीले औषधी खरिदमा ठगी गरेको आरोपमा एक जना पक्राउ गरेको छ ।

विराटनगर – ९ जहदा रोडस्थित ‘साक्षी मेडिकल हल’ का सञ्चालकहरूको निर्देशनमा काम गर्ने श्रमिकले औषधीको परिणाम बढार विरामी ठगी गरेको आरोपमा सुनसरी भोक्राह नर्सिङ गाउँपालिका वडा नं. ३ का १९ वर्षिय सन्तोष मेहतालाई पक्राउ गरेको हो ।
साक्षी मेडिकल हलका सञ्चालक सप्तरी घर भइ विराटनर बस्दै आएका चन्द्र शेखर यादव र निरन्जन शाक्य भने फरार छन । उनीहरुको निर्देशनमा उक्त पसलमा काम गर्नेहरूले विरामीलाई दिएको औषधीको परिणाम बढाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘उधारोमा विरामीलाई दिएको औषधीको परिणाम बढाएर साक्षी मेडिकल हलले ठगि गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट देखिएको छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले भने , ‘आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएका छौं ।’
सवारी दुर्घटनमा परि न्यूरो हस्पिटलमा भर्ना भएका उदयपुरको त्रियुगा नगरपालिका नवराज राईका आफन्तले गत भदौ २३ गतेदेखि साक्षी मेडिकल हलबाट उदारोमा औषधी खरिद गर्दै लगेका थिए ।
‘एक महिना भन्दा बढीदेखि ४५ हजार रुपैयाँ जम्मा गरि उधारोमा औषधी खरिद गरेका थियौं,’ विरामीको उपचार गर्दै आएका सवारी धनी काभ्रे पाँचखालका रामगोपाल श्रेष्ठले भने, ‘थप उपचारको लागि काठमाण्डौं लानुपर्ने भयो । आइतबार हिसाव गर्दा हामीलाई दिएको बिलमा भन्दा पसलमा रहेको रेकटमा औषधीको परिणामा अस्वाभिक रूपमा बढी भयो ।’