RUMPUM
animated ellipse animated ellipse

लागूऔषधको कारोबार गर्ने सञ्चालक सहित २ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ आश्विन २०७६, सोमबार १८:५८
3
Shares
पक्राउ परेका लागूऔषध कारोबारीलाई सार्वजनिक गर्दै । तस्वीर पुष्पराज थपलिया

विराटनगर / अवैध लागूऔषधको कारोबार गर्ने मेडिकल सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बरामद गरेको लागूऔषधहरु । तस्वीर : पुष्पराज थपलिया

इलाका प्रहरी कार्यालय बेलबारीले इटहरीमा ‘तिरूपती मेडिकल’ सञ्चालन गर्ने सञ्चालक मोरङ सुन्दरहरैचा– ४ का २६ वर्षिय नरेश यादवलाई र अवैध लागूऔषध ओसार–पोसार गर्ने इटहरी उपमहानगरपालिका –२ पशुपति चोकका २० वर्षिय असिम श्रेष्ठलाई पक्राउ गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई मोरङ प्रहरीले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । यादवले इटहरी – २ पशुपति चौकमा सञ्चालन गरेको ‘तिरूपती मेडिकल’ र श्रेष्ठको साथबाट प्रहरीले ठूलो परिणाममा लागूऔषध बरामद गरेको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए । श्रेष्ठले ल्याएको लागूऔषध यादवले इटहरीमा सञ्चालन गरेको मेडिकलमा भण्डार गरि लागूऔषधको कारोबार हुने गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट देखिएको हो ।

बुधबार पक्राउ परेका श्रेष्ठले ल्याएको लागूऔषध पनि इटहरीको मेडिकल हलमा ल्याउने तयारी अनुरूप ल्याएको खुलेको छ । प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तरगत सुन्दरहरैचा नगरपालिका १० र १२ नम्बर वडामा पूर्वबाट पश्चिमतर्फ आई रहेको को १३ प १२७६ नम्बरको अपाची मोटरसाईकलमा सवार श्रेष्ठको साथबाट लागूऔषध बरामद गरेको एसपी अधिकारीले बताए ।

प्रहरीले श्रेष्ठको साथबाट स्पायन ट्याव्लेट १ हजार ६ सय ७० थान, सेटाडोल ट्याव्लेट १ हजार ६ सय २० पिस, रिमोडोल ट्याव्लेट ६ पिस, बरामद भएको छ । यस्तै यादवले सञ्चालक गरेको तिरूपती मेडिकलबाट स्पासपैन लेखिएको सेतो पत्तामा २ सय १९ पिस (ट्यावलेट), स्पास्मो लेखिएको १९ पिस ट्याबलेट बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

लागुऔषध नेपाल–भारत पूर्वी नाकाबाट ल्याउने गरेको अनुसन्धानका क्रममा खुलेको छ । पक्राउ परेका दुवैलाई अनुसन्धान गरी लागु औषध ओसार पसार एैन अन्र्तगत मुद्धा दर्ता गराई कारबाही अगाडी बढाईने मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर