CLASSICTECH NET

चिनियाँ राष्ट्रपतीको भ्रमणले मुलुकको विकासमा सहयोग पुग्ने : नेता गच्छदार

खबर पूर्वाञ्चल, २४ आश्विन २०७६, शुक्रबार १८:५९
फाइल फोटो

विराटनगर / नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले चिनियाँ  राष्ट्रपती सी जीनपिङको भ्रमण नेपालका लागी ऐतिहासीक भएकाले त्यसवाट सरकारले लाभ लिन सक्नुपर्ने वताए ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरा गर्दै राष्ट्रपतिे सी जीनपिङको भ्रमण उपयोगी भएकाले त्यसवाट सरकारले कतिको लाभ लिन सक्छ त्यो सरकारमा निर्भर हुने कुरा हो उनले बताए । भ्रमणवाट फाइदा लिनकाम लागी सरकारले के कस्तो योजनाहरु वनाएको छ त्यहि योजना अनुसार उपलव्धी हसिल हुने उपसभापति गच्छदारले वताए ।

उपसभापति गच्छदारले २३ वर्ष पछि हुन लागेको चिनको राष्ट्रपतीको भ्रमणले दुवै देशको पारस्परिक हितसंगै सम्वन्धमा समेत नयाँ उचाई थप्ने दावी समेत गरे ।

नेपाली कांग्रेसले चिनका राष्ट्रपतीको भ्रमणलाई सकारात्मक रुपमा लिएको उपसभापति गच्छदारले वताए । मुलुकको हित हुने काममा काग्रेसको सधै साथ र सहयोग रहेको उनको भनाई थियो । भ्रमणवाट मुलुकलाई वढिभन्दा वढि कसरी फाईदा हुन्छ भन्ने तर्फ सरकारको ध्यान जानु आवश्यक रहेको उपसभापति गच्छदारले बताए ।

नेपाल र चिनको सम्वन्ध धार्मीक ऐतिहासिक तथा सास्कृति सम्वन्ध रहेको उपसभापति गच्छदारको भनाई थियो । उपसभापति गच्छदारले केरौन–काठमाण्डौ रेलमार्ग परियोजना महत्वपूर्ण भएकाले यो परियोजनालाई फास्टट्रयाकवाट सफल वनाउन छलफल आवश्यक रहेको उपसभापति गच्छदारले वताए । दुवै छिमेकी मुलुक भारत र चिन उन्नतीको शिखर पुगेकाले दुवै देशको पारस्पिरिक सम्वन्धलाई थप प्रगाढ वनाउदै जानुुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५