खुर्पा प्रहारबाट पाँच घाइते

खबर पूर्वाञ्चल, २३ आश्विन २०७६, बिहीबार २२:१८

भोजपुर /भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन्।

बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार गरी उनीहरुलाई घाइते बनाएको हो।  घाइते हुनेमा २१ वर्षीय सुशील सुन्दास, २० वर्षीय सविन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ वर्षीय बलराम पाठक र शुभन सुन्दास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सख्त घाइते दुई जनालाई उपचारका लागि सुनसरीको धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान र अर्का एक जनालाई कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  रासस

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५