ऐतिहासिक निशान यात्रा विराटनगरबाट शूरु(फोटो फिचर)

खबर पूर्वाञ्चल, २० आश्विन २०७६, सोमबार १०:२७
ऐतिहासिक निशान यात्रासहभागि हुँदै सामाजिक तथा विकाश मन्त्री जिवन घिमिरेलगायत । तस्वीर : पुष्पराज थपलिया

विराटनगर प्रत्येक वर्ष वडादशैको महानवमीका दिन निस्कने निशान यात्रा विराटनगरको कालीमन्दिरबाट शूरु भएको छ । तीन वर्षदेखि निशान ध्वजा यात्रा प्रारम्भ हुुदै आएको छ ।

विराटनगरको कालीमन्दिरवाट निशान यात्रा प्रारम्भ भई विराटनगरदेखि २४ किलोमिटर पैदल हिडेर भक्तजन अपरान्ह रंगेलीको ऐतिहासिक कालीमन्दिर पुुगेर यात्रा समाप्त हुन्छ । निशान यात्राले विराटनगरको काली मन्दिरदेखि रंगेलीको काली मन्दिरविच भावनात्मक सम्वन्ध जोड्ने गरेको छ ।

ध्वजा पताखासहित यात्रामा सवै समुदायका मानिस सहभागी भएका छन् । यात्राले २४ किलोमिटर दुुरीको यात्रामा ६ ठाउँ विश्राम लिने छन् । कालीमाताको निशान वोकेका भक्तजन आठघन्टाको पैदल हिडेर कालीमन्दिर पुुगेर निशान चढाउने गर्दछन् । व्रत वसेर निशान यात्रामा सहभागीहुँदा मनोकामना पुुरा हुुने भएकाले यात्राको महत्व वढदै गएको निशान यात्रा आयोजक समितिका संयोजक मनोज अग्रवालले जानकारी दिए ।

निशान यात्रामा प्रदेश १ का सामाजित तथा विकाश मन्त्री जिवन घिमिरे, प्रतिनिधी सभाका सांसद तथा पूर्व मन्त्री शिवकुमार मण्डल, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली तथा उप प्रमुख इन्दिरा कार्की तथा रंगली नगरपालीकाका प्रमुख दिलिप बगडियालगायतको सहभागि रहेको थियो ।

सामाजिक तथा विकाश मन्त्री जिवन घिमिरेले यस यात्राले विराटनगर र रंगलीलाई सामाजित तथा संस्कृत सम्बन्धलाई जोड्नलाइृ पुलको काम गरेको बताए । यस यात्रालाई प्रदेश सरकारले निरन्तर गर्नलाई प्रदेश सरकारले सहगोग गर्ने मन्त्री घिमिरेले बताए ।

संघिय सांसद तथा पूर्व मन्त्री शिवकुमार मण्डलले ऐतिहासिक निशान यात्राले विराटनगर र रंगलीको सम्बन्ध बढाउँन महत्वपूर्ण योगदान दिएको बताए । यसले धार्मिक र संस्कृतीको जर्गेना गर्दै सांसद मण्डलले धार्मिक र संस्कृतीको विकाशमा महत्वपूर्ण योगदान दिने कुरामा जोड दिए ।

निशान यात्रालाई सफल वनाउन प्रदेश सरकार तथा विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, धनपालथान गाउँपालिाका तथा रंगेली नगरपालिको सक्रिय भएका छन् ।

निशान यात्रा तीन वजे रंगेली स्थित सन्सारी माईको मन्दिर पुुग्ने र त्यहावाट प्रदेश सरकारका मन्त्री सहभागी वाजागाजा झाँकीसहितको रंगेली काली मन्दिर पुुगेर यात्राको समापन हुने संयोजक अग्रवालको बताए । यात्रामा सहभागी भक्तजनका स्वागत गर्न जय दुुर्गेको नारा लगाउदै सडकको दायावाय सर्वसाधारण समेत सहभागी भएका छन् । तीन वर्ष अगि केही युुवाले शुुरु गरेको यो यात्राले विशाल रुप लिदै आएको रंगलीका पत्रकार किरण न्योपानेले बताए । यात्रामा हजारौं भक्तजनको सहभागि रहेको थियो । तस्वीरहरु पुष्पराज थपलिया

प्रतिक्रियाहरु

  1. Kusheshwar kamat लेख्नुहुन्छ

    nishan

  2. Kusheshwar kamat लेख्नुहुन्छ

    nishan

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५