AArya
RUMPUM
animated ellipse animated ellipse

सुसाईड नोट छोडेर सप्तकोशी नदीमा हाम्फालेर आत्महत्या

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ आश्विन २०७६, शुक्रबार १९:३१
3
Shares

विराटनगर / भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ विराटनगरका कर्मचारीले सप्तकोशी नदीमा हाम्फालेर आत्महत्या गरेका छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विराटनगरमा कार्यरत नापी सर्भेयर राजेशकुमार साहले सुसाईड नोट सहित सप्तकोशीमा हाम फालेर आत्महत्या गरेका हुन् ।

साहले सुसाईड नोटमा मेरो मृत्युको कारण अरुनै हो भनेर लेखिएको भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले बताए । हामीले घट्नालाई अनुसन्धान गर्ने कोशी ब्यारेजको सिसि टिभि भुटेज हेर्दा १६ नम्बर ढोकाको दक्षिणबाट हाम फालिएको देखिएको बताए । प्रहरीले खोजतलास गर्दा शाहको शब घोप्टो परेको अवस्थामा मृत भेटिएको सुनसरी प्रहरीले जनाएको छ । शवको पोष्टमाटमको लागि जिल्ला असपताल सुनसरी लगिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर