पूर्वाञ्चल खबर
विराटनगर /थारु कला केन्द्रले थारु संस्कृतिको जगेर्नाका लागि प्रदेश १ स्तरीय ‘मिस्टर एण्ड मिस थारु आइकन –२०१९ ’ गर्ने भएको छ ।
आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले प्रतियोगितामा मोरङ,सुनसरी,गाइघाट, झापाका ३१ जना युवा तथा युवतीले आफ्नो प्रतिभा प्रस्तुत गर्ने जानकारी दिए । शुक्रबार हुने आइकनमा प्रथम हुनेलाई ५०–५० हजार नगदसहित विभिन्न उपहार प्रदान गर्ने केन्द्रका सल्लाहकार सुचि चौधरीले बताइन् ।
प्रतियोगिताहरुलाई थारु भेषभुष, खानाका परिकारलगायत थारु कला‘मोख कला’को समेत प्रशिक्षण दिएको थियो । थारु जातिको भक्का, बगिया, घोघीलगायतका खाना परिकार लगायत थारु भेषभुषा, कला संस्कृतिलाई आज युवालाई ज्ञान दिइ नेपालको कला संस्कृतिलाई विश्व समुदाय समक्ष प्रस्तुत गरि पर्यटनक्षेत्रलाई प्रवद्र्धन गर्नु कायक्रमको उद्देश्य रहेको सोही अवसरमा बताइयो ।