CLASSICTECH NET

नेपाल औषधी संचालक संघको शुभकामना आदान प्रदान कार्यक्रम

खबर पूर्वाञ्चल, १३ आश्विन २०७६, सोमबार १९:४९

विराटनगर / नेपाल औषधी संचालक संघ , केन्द्रीय तदर्थ समिति विराटनगरले नजिकिंदै गरेको वडा दशैं , दिपावली , नयाँ नेपाल संवत र छठ पर्वको अवसरमा
शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

विराटनगर स्थित विग होटलमा आयोजना गरिएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा संघले प्रमुख अतिथि वरिष्ठ न्यूरो सर्जन डा. यमबहादुर रोकालाई सम्मान समेत गरेको छ । समाजसेवी एवं न्यूरो सर्जन डा. रोकालाई संघका संयोजक देशबन्धु ढकाल , सचिव महेश मण्डल, कोषाध्यक्ष प्रविन प्रधान, सत्यम नेपाली लगायतले खादा लगाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी वक्ताहरुले औषधी व्यवसायमा देखिएका विकृति विसंगति हटाउन , व्यवसायीको हक हित र व्यवसायको गरिमा बढाउन फुटेर नभई सबै औषधी व्यवसायीहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

उनीहरुले वडा दशैं, शुभदिपावली, छठ र नयाँ नेपाल संम्वतको एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ न्यूरो सर्जन डा. वाई बी रोकाले औषधी व्यवसायी मात्रै नभएर औषधी व्यवसायी, ल्याव व्यवसायी र चिकित्सकहरु समन्वय, सहकार्य र एकतावद्ध भई स्वास्थ्य पेशाकै गरिमा र मर्यादा कायम राख्न र बढाउन लाग्नुपर्नेमा जोड दिए । उनले हातका औंला जस्तो रहेका हामी एउटा नभए अर्कोपनि शक्ति विहिन हुने भएकोले एकजुट भएर यस भित्र रहेका विसंगतिहरुलाई समाप्त पार्दै व्यवसायी हितमा लाग्नुपर्ने बताए ।

त्यस्तै नेपाल औषधी व्यवसायी संघका पूर्व केन्द्रीय सदस्य लक्ष्मी तिम्सीनाले औषधी व्यवसाय संवेदनशिल पेशा भएकोले यसमा अस्वस्थ प्रतिपष्र्धा नगरी स्वस्थ्य व्यवसायीक प्रतिष्पर्धा गर्दै व्यवसायको गरिमा बढाउनु पर्नेमा जोड दिए । उनले फुटेर र अस्वस्थ प्रतिष्पर्धा गरेर व्यवसाय गर्दा व्यवसाय नै धरासयी हुने भएकोले सबै व्यवसायीहरु एकजुट भई हामी विचमा रहेका विकृति विसंगतिलाई निरुत्साहित पार्न लाग्नुपर्ने बताए । उनले आसन्न संघको मोरङ जिल्ला समितिको निर्वाचनबाट सबै व्यवसायी एक भएर यस व्यवसायलाई स्वच्छ , मर्यादित बनाउने तर्फ लाग्नेमा आफु विश्वस्थ रहेको बताए ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ कोशी अंञ्चलका महासचिव हरिमोहन श्रेष्ठले सबै औषधी व्यवसायीहरु एकताबद्ध भई यस पेशाको गरिमालाई उचाईमा पु¥याउन लाग्नुपर्ने बताए । संघका संयोजक देशबन्धु ढकालले नेपाल औषधी संचालक संघ(एनएमडिए) औषधी व्यवसायीहरुको हकहितकालागि, व्यवसायीहरुलाई परेको समस्यामा हातेमालो गरेर हिंड्न र यस पेशामा रहेका विकृति र विसंगतिहरुलाई समाप्त पार्दै मर्यादित बनाउन स्थापना भएकोले कुनैपनि संघ संस्थाको प्रतिष्पर्धि नभएको स्पष्ट पारेका थिए । उनले यस व्यवसायमा रहेका विकृति र विसंगतिलाई समाप्त पार्दै मर्यादित र स्वच्छ प्रतिष्पर्धात्मक व्यवसाय गर्ने वातावरण तयार पार्न र यस पेशाको गरिमा उचाईमा पु¥याउन नेपाल औषधी संचालक संघ सदैव लाग्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मेची अञ्चल शाखाका अध्यक्ष नरेन्द्र बस्नेत, सुनसरी जिल्ला अध्यक्ष रविन्द्र घिमिरे, झापा शाखाका उपाध्यक्ष गौतम गुप्ता, कोशी अञ्चल शाखाका पूर्व अध्यक्ष लक्ष्मण माझी, उपभोक्तावादि संस्था पव्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, एण्टी करप्सन मुभमेन्टका संयोजक पारुल क्षेत्रीलगायतले दुर्गा भवानीले सबै औषधी व्यवसायीहरुलाई एकताबद्ध हुने शक्ती र आशिर्वाद प्राप्त होस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रियाहरु

  1. Surya Dahal लेख्नुहुन्छ

    विजयादशमीको हार्दिक मंगलमय शुभकामना सबै मा!! औषधि व्यवसायको गरिमा बढाउन फुटेर नभई सबै औषधी व्यवसायीहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

  2. Surya Dahal लेख्नुहुन्छ

    विजयादशमीको हार्दिक मंगलमय शुभकामना सबै मा!! औषधि व्यवसायको गरिमा बढाउन फुटेर नभई सबै औषधी व्यवसायीहरु एकजुट भएर लाग्नु पर्नेछ!

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५