पूर्वाञ्चल खबर
विराटनगर / स्वर्गीय जनार्दन मैनाली पत्रकारिता पुरस्कार यो वर्ष मोरङकी क्रियाशिल पत्रकार इन्दिरा भट्टराईलाई प्रदान गरिने भएको छ ।
नगद १५ हजार रुपैयाँ राशीको ‘स्वर्गीय जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार’ असोज १३ प्रेस चौतारी र प्रेस सेन्टर मोरङको आयोजनामा प्रदान गरिने भएको हो ।
प्रेस चौतारी र प्रेस सेन्टर मोरङको आज बसेको बैठकले पत्रकार भट्टराईलाई यो वर्षको मैनाली पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको चौतारीका अध्यक्ष रामचन्द्र अधिकारीले बताए । प्रेस सेन्टर अध्यक्ष गोकुल पराजुलीका अनुसार पुरस्कार संघिय सरकारका संघिय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितबाट हस्तान्त्रण गरिनेछ ।
पत्रकार भट्टराई राससमा कार्यरत रहेकी छिन् । उनी क्रियाशिल पत्रकार महिलाहरुको संस्था सञ्चारीका समुह प्रदेश १ को अध्यक्ष समेत हुन् ।