CLASSICTECH NET

गुद्रिबजारका अधिकाशं मासु पसल मापदण्ड विपरित सञ्चालन

खबर पूर्वाञ्चल, ८ आश्विन २०७६, बुधबार २०:२८

विराटनगर / विराटनगर महानगरपालिकास्थित गुद्रिबजारका अधिकाशं मासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले आज गरेको अनुगमनको क्रममा विराटनगरस्थित गुद्रि बजार भित्रको मासु पसल सरकारले तोकेको मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको हो ।

यहाँका आधा दर्जन बढी मासु पसलहरू मापदण्ड विपरित सञ्चालन भएको कारणले गर्दा अनुगमन टोली पुग्दा पसलका सञ्चालकहरू फरार भएका थिए । अनुगमनका क्रममा केही मासु पसल संचालकहरूले मासु बोकेर फरार भएका थिए भने केहीले त्यही छोडेर भागेका थिए । त्यही हतियार छाडेका मासु पसलमा रहेको हतियारहरू पनि खिया लागेको अवस्थामा भेटिएको थियो । कतै पानीको अभावले अचानो राम्ररी नपखालेको पाइएको थियो । अनुगमनको नेतृत्व गरेका जिल्ला प्रसाशन कार्यालय मोरङका प्रशासकिय अधिकृत डम्बरू बल्भव बरालले मापदण्ड विपरित सञ्चालनमा ल्याएको मासु पसलका सञ्चालकहरू फरार भएको बताए ।

अनुगनमा निस्किएको टोलीबाटै सूचना चुवावट हुँदा गुद्रिका आधा दर्जन बढी मापदण्ड विपिरित सञ्चालनमा भएका मासु पसलका सञ्चालकहरू फरार भएका हुन् । अनुगमन हुनुभन्दा केसी समय अगाडी खुल्लेआम पसल अगाडी खुल्ला ठाउँमा डोरीले बाधेर मासु विक्री गर्दै आएका व्यापारी अनुगमन टोली पुग्दा मासु लुकाएर फरार भए । कोही मासु बोकेर पनि पसलका सञ्चालक भागेको स्थानिय व्यापारीहरू बताउँछन् ।

‘हामी अनुगमनमा आएलगतै अवेवस्थित रूपमा सञ्चालनमा भएको मासु पसल खुल्ला छाडेर सञ्चलाक फरार थिए,’ अनुगनमको नेतृत्व गरेर पुगेका बरलाले भने, ‘मापदण्डा पूरा गरि व्यवस्थित रूपमा सञ्चालन गरिएको खुल्ला थियो । अन्य ६ वटा मासु पसल खुल्ला छ सञ्चालक थिएनन् ।’ सञ्चालक फरार भएका मासु पसलको नाम पनि थिएन ।

सरकारले तोकेको मापदण्ड अनुसार खुल्ला ठाउँमा मासु विक्री वितरण गर्न पाइदैन । तर गुद्रीस्थित माछा लाइनका मासु व्यापारीहरूले खुल्ला ठाउँमा झिंगा भन्किने गरि माछा मासु विक्री वितरण गर्दै आएको स्थानिय उपभोक्ताहरू बताउँछन् ।

अनुगमनका क्रममा पशु बध गर्ने निश्चित स्थान नभएको, पसलमा मूल्यसूची नराखिएको, बधशालामा आवश्यक सबै सामग्री नराखिएको पाइएको थियो । ‘मापदण्ड अनुसार माछामासु फ्रेस हाउस भित्र धुवाधुतो नलाग्ने गरि सफा र स्वस्थ हुनुपर्ने हो,’ उनले भने, ‘फरार भएका गुद्रीका केही मासु पसलले सरसफायमा ध्यान दिएको पाइएको थिएन् ।’ गुद्री लाइनको अन्य मासु पसलमा भने सरफाइ राम्रो रहेको उनले बताए ।

मापदण्ड विपरित भएको कारणले फरार भएका पसलका सञ्चालकलाई सरसफाइ र गुणस्तर सुधार गर्न पत्रचार गरिने उनले बताए । ‘हामी फरार भएका मासु पसलका सञ्चालाकहरूलाई कार्यालयमा हाजिर हुन पत्रचार गर्नेछौं,’ उनले भने, ‘ती पसल दर्ता छ या छैन त्यो पनि हेर्नेछौं । दर्ता नभएका पसल तत्काल बन्द हुनेछन् । दर्ता भएर पनि अवेवस्थित सञ्चालन भएका पसललाई सुधान गर्न निर्देशन दिनेछौं ।’ जिप्रका मोरङको नेतृत्वमा निस्किएको अनुगमन टोलीमा वाणिज्य कार्यालय, विराटनगर महानगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधि, प्रहरी र सरोकारवालाहरूको सहभागि थियो ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५