AArya
RUMPUM
animated ellipse animated ellipse

अरनिकोकी अमिसा र कोशीकी बेन्जीना भइन् कलेज आइडल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ आश्विन २०७६, सोमबार २०:३५
3
Shares
विराटनगर / कलेज आइडलको उपाधि विराटनगरस्थित अरनिको कलेजकी अमिसा अधिकारी र कोशी मल्टिपल कलेजकी बेन्जिना दाहालले जितेकी छिन् ।

सृष्टि नृत्य कला केन्द्रको आयोजनामा विराटनरस्थित वीरेन्द्र सभा गृहमा आज सम्पन्न भएको उक्त प्रतियोगितामा कलेज आइडलको सिंगीनतर्फ विजेता बेन्जिना र नृत्यतर्फको विजेता अमिसा घोषित भएकी हुन् ।

प्रतियोगिताको सिंगीनतर्फको फस्टरनरअप विराटनगरस्थित सेन्टजोसेफ स्कूलकी अलासका खरेल, सेकेण्डर रनरअप कान्तिपुरकी अर्पना राई र थट रनरअप सेन्टजोसेफकी आचल कर्ण घोषित भइन् ।

त्यस्तैनृत्यतर्फको फस्ट रनरअप कान्तिपुर कलेजकी विभूती आचार्य र सकेण्ड रनरअप अपर्णकलेजका रोहन वन घोषित भए । कलेज आइडलमा ४१ वटा कलेजबाट ७५ जना प्रतियोगिलेभाग लिएको अध्यक्ष राजकुमार रायले जानकारी दिए । उक्त प्रतियोगिताको फाइनलमानृत्यतर्फ १२ र गायनमा ८ जना पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर