पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश १ प्रहरी कार्यालय विराटनगर क्षेत्रिय अनुसन्धान समूहमा कार्यरत प्रहरी जवान मुकेश फुयाल र जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान भीम अधिकारी भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
विभागिय मुल्य,मान्यता, आदेश र निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही ध्वंसात्मक एवं अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई प्रभावकारी रुपमा परिचालित भई उच्च मनोवल र साहसका साथ कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रिय अनुसन्धान समूहमा कार्यरत प्रहरी जवान फुयाल र जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान अधिकारीद्वयलाई उनीहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल भाद्र “महिनाको सर्वोत्कृष्ट प्रहरी”घोषणा गरिएको हो ।