AArya
RUMPUM
animated ellipse animated ellipse

कार्यालयमा बहिरा दोभाषेको ब्यवस्था हुन्छ : मेयर पराजुली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ आश्विन २०७६, सोमबार ११:२३
3
Shares
विराटनगर / अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस तथा अन्तराष्ट्रिय बहिरा सप्ताह कार्यक्रम अन्तरगत विराटनगरमा विविध कार्यक्रमहरु सम्पन्न भएका छन् ।

कोशी बहिरा संघको आयोजना र विराटनगर महानगरको सहकार्यमा कार्यक्रम भएको हो । आज विराटनगरमा बहिराहरुले प्रभातफेरी गर्नका साथै जनचेतनामुलक सडक नाटक गरी कार्यक्रम सम्पन्न गरेका हुन् ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले बहिराहरुको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए । उनले सांकेतिक भाषा सिकाइसंगै विराटनगर महानगरमा दोभाषेको ब्यवस्था गर्ने बताए । अपाङ्गता भएका या बौद्धिक अपाङ्गता भएका ब्याक्तिहरुका लागि महानगरले डाटा संकलन गरी उनीहरुको बृत्तिविकासका क्षेत्रमा काम गर्ने महानगरको योजना रहेको बताए ।यसै क्रममा मेयर पराजुलीले बहिराहरुको लागि भन्ने टि सर्ट समेत सार्वजनिक गरेका थिए ।

कोशी बहिरा संघका महासचिव सुबोध थापाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघको अध्यक्ष पार्वता श्रेष्ठ,राष्ट्रिय बहिरा क्रिकेट संघका अध्यक्ष मोहन तिवारी , राष्ट्रिय अपाङ्ग महासंघका कार्यक्रम संयोजक विमल बस्नेत,सांकेतिक भाषाका दोभाषे सन्तोषी घिमिरे ,जानुका पोख्रेल,मिनु अधिकारी ,पत्रकार कौशल निरौलालगायतले आ–आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर