RUMPUM
animated ellipse animated ellipse

सवारी विद्येयक प्रमाणिकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ आश्विन २०७६, आईतवार १७:५७
3
Shares

विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङले “प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक”—२०७६ आज प्रमाणिकरण गरेका छन् ।

प्रदेश सभाको भदौ २६ गते बसेको बजेट अधिबेशनको ४८ औं बैठकले विद्येयक सर्वसम्मत पारित गरेको थियो । प्रमाणिकरणको लागि आएको विद्येयक संविद्यानको धारा २०१ बमोजिम तुम्बाहाङले प्रमाणिकरण गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहार शेखर रेग्मीले बताए । हाल सम्म सवारी विद्येयकसहित प्रामाणिकरण भएका विद्येयकको संख्या ४१ पुगेको छ । विद्येयक प्रमाािण्करण भएपनि राजपत्रमा प्रकाशित भएपछि मात्र लागू हुने भनिएको छ ।

१ सय ८१ दफा र ७ अनुसूची रहेको विद्येयकमा चालक अनुमति पत्र , नविकरण , सवारी दर्ता , नामसारी लाई व्यवस्थित , मर्यादित , अनुशासित गरि सञ्चालन र नियमन गर्र्ने उल्लेख छ । सरकारी , संंस्थान , कुटनीतिक र नीजि सवारी साधनका धनीले पाँच बर्षको नविकरण एकै पटक गर्न चाहेमा कुल रकमको १० प्रतिसत छुट दिने व्यवस्था छ । यस्तै दुई पाङ्रे सवारी साधनका सवारी धनीले १० बर्षको नविकरण एकै पटक गर्न चाहेमा १० प्रतिसत छुट दिने विद्येयकको बिशेषता छ । म्याद सकिएको ३ महिना भित्रमै चालक अनुमति पत्र नविकरण गर्नुपर्ने तर ५ बर्ष सम्म पनि नविकरण नगरे अनुमति पत्र स्वतः खारेज हुने व्यवस्था छ ।

चालक अनुमति पत्र म्याद नाघेको १ बर्ष भित्र नविकरण गरेमा १ सय प्रतिसत , २ बर्षमा २ सय प्रतिसत ,३ बर्षमा ३ सय प्रतिसत ,४ बर्षमा ४ सय प्रतिसत र ५ बर्षमा ५ सय प्रतिसत सम्म जरिवाना लिने भनिएको छ ।

ज्यान मार्ने मनाशय राखी दुर्घटना गरे चालकलाई जन्म कैद र लार्पावाही , जानीजानी दुर्घटना गरे २ बर्षदेखी १० बर्षसम्म कैद वा ३० देखि १ लाख जरिवानाको सजाय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर