animated ellipse animated ellipse

अंशबण्डाको बिषयमा झगडा हुँदा १ जनाको मृत्यु, हत्याको आरोपमा १ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ पुष २०७७, आईतवार १२:२६
972
Shares
तेह्रथुम / तेह्रथुमको म्याङलुङ नगरपालिका–८ कोबेकमा अंशबण्डाको बिषयमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ । हत्याको आरोपमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय कुमार लिम्बु रहेका छन् । शुक्रवार राती साँढे ७ बजेको समयमा कुमारको बुबा ५५ बर्षीय गणेश लिम्बु र काका किर्तिमान लिम्बु बिच अंशबण्डाको बिषयमा झगडा भई कुटपिट हुँदा कुमारुले छुट्याउने क्रममा दुबै जनालाई बाँसको भाटाले हिर्काउँदा कुमारका बुबा गणेशुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि घई घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल तेह्रथुम पठाएको तथा कुमारलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरेहेको तेह्रथुम प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर