पूर्वाञ्चल खबर
विराटनगर / प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर महानगर अन्तर्गत दक्षिणी क्षेत्र(भृकुटी नगर)को एक दिवशीय अभ्यास वर्ग सम्पन्न भएको छ ।
विद्यायार्थीहरुको क्षमता अभिवृद्घिका लागी गरिएको उक्त कार्यक्रममा विभिन्न विषयमा केन्द्रित रहेर प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् सगरमाथा प्रदेशका अध्यक्ष चिन्तामणी बस्नेतले समाज परिवर्तनका लागी विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताए ।उनले पढेको मान्छे मुर्ख नभई संस्कारी बन्नुपर्ने समेत बताए ।
महेन्द्र मोरङ क्याम्पसका सामाजिक शाखा विभाग प्रमुख चन्द्र उपाध्यायले विद्यार्थीहरुलाई सुरुमा आफ्नो सोच र व्यवहार परिवर्तन गर्नुपर्ने कुरामा जोड दिए। उनले आफूसँग भएको क्षमतालाई अधिकतम् प्रयोग गरेर अगाडी बढ्नुपर्ने कुरामा बताए। परिषद्का राष्ट्रिय महा–सचिव सुरेन्द्रप्रसाद भट्ट, परिषद्का राष्ट्रिय सचिव जिवन निरौला, परिषद्का प्रदेश संगठन सचिव राधेश्याम सेञ्चुरीले विभिन्न विषयमा प्रशिक्षण दिए ।