RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ सन् २०२५ भित्र बालविवाह मुक्त प्रदेश घोषणा हुन्छ–मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ भाद्र २०७६, मंगलवार २१:११
3
Shares

विराटनगर / प्रदेश १ लाई सन् २०२५ सम्ममा ‘ बालविवाह मुक्त प्रदेश’ घोषणालाई सफल बनाउन सहयोग गर्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आव्हान गरेका छन् ।

आज विराटनगरमा सामाजिक विकास मन्त्रालयले आयोजित राष्ट्रिय बालदिवस–२०७६ को उपलक्ष्यमा ‘ भविष्यका कर्णधार, बालबालिकासँग प्रदेश सरकार अन्तरसम्वाद कार्यक्रममा मुख्यमन्त्री राईले बालबिवाह, बालश्रम, समाजमा रहेका कुरीति अन्त्यका लागि प्रदेश सरकारले आवश्यक सुझाव लिई कानूनको निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने बताए ।

मुलुकमा अहिले शान्ति र स्थिर सरकार रहेको अवस्थामा तीन तहको सरकारको समन्वयवाट समाजमा व्याप्त विभेद कुसँस्कारको अन्त्य गरी समुन्नत समाजको निर्माण गरी ‘समृद्ध नेपाल सुखी नेपाली‘ लाई सफल बनाउन कार्यगरिरहेको मुख्यमन्त्री राईले जानकारी दिए ।

प्रदेश सरकार र स्थानीय निकायको सँयुक्त पहलमा बालिकालाई विद्यालयस्तरमा निःशुल्क स्यानटरी प्याडको व्यवस्था गर्ने जानकारी दिदै मुख्यमन्त्री राईले आगामी वजेटमा बालमैत्री बजेट व्यवस्था गरी गरीवी र निरक्षर क्षेत्रमा शिक्षाको पहुँच पु¥याउने बताए ।

मुख्यमन्त्री राईले निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न अनुसन्धान भैरहेको जानकारी दिदै उपयुक्त समयम दोषीलाई कानूनी सजाय हुने विश्वास दिलाए । लागु पदार्थ ओसारपसारको नियन्त्रण र दुव्र्यसनी न्यूनिकरणका लागि प्रदेश सरकारले ल्याएको सगरमाथा टिन्स क्लव ‘ म अघि वढ्छु’ अन्तर्गत दुई हजार विद्यालयका १० लाख विद्यार्थी सदस्य भई समाजमा जनचतेना जागरण गर्ने कार्यले सहयोग पुग्ने मुख्यमन्त्री राईले बताए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालविवाह न्यूनिककरणलगायत बालवालिकासम्वन्धि कार्यक्रम १४ जिल्लाका सवै सुगमलगायत दुर्गम क्षेत्रमा जनचेतना जागृत गरी समाधान गर्ने अभियान सञ्चालन कार्यको शुरुवात आजदेखि भएको जानकारी दिए ।

प्रदेश सरकारको पाँच वर्षिय योजना तयार भै सार्वजनिक गर्न वाँकी रहेको जानकारी दिदै प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले छात्रा मैत्री विद्यालय,पूर्वबालबालिका वहुपक्षीय पोषण सुनिश्चित, खोप, प्रसुती स्याँहार, उपचार, स्वच्छ खानेपानी र सवै स्थानीय स्वास्थ्य चौकीमा एमविविएस चिकित्सकको व्यवस्था हुने बताए ।

कार्यक्रमा मन्त्रालयका सचिव वीरवहादुर राईले अपाङ्गलाई निःशुल्क शिक्षा, औषधि उपचार, विशेष शिक्षा, पुर्नस्थापना केन्द्रमा पालनपोशण सहित शिक्षा र शिपमूलक तालीम प्रदान लगायतका व्यवस्था भएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले प्रहरी प्रविधि मैत्री भएकोले बालिकालाई कोही कसैले यौन र अन्य हिंसा भएको जानकारी दिन आग्रह गर्दै न्यूनियनकरण र कारवाही गर्ने बताए ।

सम्वाद कार्यक्रममा मोरङ जिल्लाका १७ स्थानीय निकायका विद्यालयका विद्यार्थी तथा बाल क्लवका बालवालवालिकाको सहभागिता रहेको थियो ।
सोही अवसरमा इन्डियन आइडलमा तेस्रो स्थान हासिल गरेका प्रितम आचार्यलाई प्रदेश सरकारले सम्मान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर