पूर्वाञ्चल खबर
विराटनगर / आरोहण–गुरुकुल विराटनगरको आयोजनामा जारी विद्यालय नाटक महोत्सवमा लिलिपुटको ‘प्रधानमन्त्री’ मञ्चन भएको छ ।
लिलिपुट प्रिमियर इलिमेन्ट्री स्कुल विराटनगरले महोत्सवको आठांै दिनमा स्कूलका अध्यक्ष चिरञ्जिवी तिम्सिनाद्धारा निर्देशित नाटक मञ्चन गरेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन भएको नाटकमा स्कूलका ४६ जना विद्यार्थीले अभिनय गरेका थिए । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन भएको नाटकमा प्रभावशाली प्रधानमन्त्रीमार्फत सकारात्मकतालाई देखाइएको थियो । प्रभावशाली प्रधानमन्त्रीको परिकल्पना गरि उसले समृद्ध देश बनाएका विभिन्न कार्यहरुलाई नाटकमा रोचक ढंगले देखाइएको थियो ।