RUMPUM
animated ellipse animated ellipse

प्याब्सन हिज्जे प्रतियोगिताको फाइनलमा पाँच स्कूल छनौट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ भाद्र २०७६, बिहीबार १९:३५
3
Shares

विराटनगर / जिल्ला स्तरीय प्याब्सन हिज्जे प्रतियोगिताको फाइनलमा पाँच वटा विद्यालय प्रवेश गरेका छन् । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा भएको छनौट चरणबाट पाँच वटा विद्यालय फाइनलमा प्रवेश गरेका हुन् ।

फाइनलमा पहिलो ग्रुपबाट मोरङको रंगेलीको भानु मेमोरिय स्कूल, सुन्दर हरैचा नगरपालिकास्थित ज्ञानज्योती सेकेण्डरी स्कूल, रंगेलीकै न्यू स्टार बोर्डिङ स्कूल, पथरीको मोरङ मेरिगोल्ड र अन्नपूर्ण बोर्डिङ स्कूल पथरी पुगेको प्याब्सन मोरङको सचिव प्रेमलालसिंह सुवालले जानकारी दिए । उनका अनुसार शुक्रबार हुने हिज्जेको फाइनलमा जम्मा आठ वटा विद्यालय पुग्नेछन् । दोस्रो समूहमा रहेका १९ वटा विद्यालयबाट ३ जना गरि जम्मा आठ स्कूल हुनेछन् ।

प्रतियोगिताको विजेताले अकर्षक ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्नेछन् । हिज्जे प्रतियोगिताको कार्यक्रम संयोजकमा प्याब्सन मोरङको सह–सचिब विष्णु डंगोल रहेका थिए । विद्यार्थीहरुमा भएको अन्तरहिन प्रतिभा उजार गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जिल्लाभरीको निजी विद्यालयहरुले भाग लिएका थिए । यस अघि गायन र नृत्यतर्फ पनि विभिन्न विद्यालयहरु फाइनलमा प्रवेश गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर