पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरमा डेंगुको संक्रमणबाट १८ बर्षिय अविनास शर्माकोे मृत्यू भएको छ । विराटनगर १० मा रहेको शिक्षा दिप कलेजमा कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत शर्माको उपचारको क्रममा बुधबार मृत्यू भएको हो ।
विराटनगर ९ भुमि प्रसाशन चोकका फर्निचर उद्योग सञ्चालन गर्दै आएका राजकुमार शर्माको छोरा अविनासलाई भदौ २० गतेबाट सामान्य ज्वरो आएको थियो । उनलाई सप्तकोशी अस्पतालमा उपचारको लागि लगिएको थियो । सामान्य चेकजाँच गरापछि डेंगुको संक्रमण देखिएको थियो । पुनः २ दिन पछि ज्वरो र वान्ता हुन थलेपछि सोही अस्पतालमा भर्ना गरिएको मृतकका परिवारले जनाएका छन् ।
सप्तकोशी अस्पतालमा सुधार नआएपछि उनलाई विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । सप्तकोशी अस्पतालबाट मंगलबार गोल्डेन अस्पतालमा आईसियुमा भर्ना गरिएका उनको गोल्डेल अस्पतालमा उपचारको क्रममा निधन भएको परिवार स्रोतले छ । शर्माको असामायिक निधनको शोकमा शिक्षादिप कलेजले आज विदा दिएको थियो ।
वैशाख ३० गते धरानमा देखिएको यो रोग अहिले नेपालको ५६ वटा जिल्लामा फैलिसकेको छ । यता प्रदेश नम्बर एकमा ३ तीन हजार ९ सय ८३ जनामा डेंगुको संक्रमण देखिसकेको छ ।