पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश सरकार र जनताका बीचमा पुलको रुपमा काम गर्न नेपाल टेलिभिजनसँग आज विराटनगरमा सम्झौता भएको छ ।
प्रदेश १ का सरकारकातर्फवाट आन्तरिक मामिला तथा कानून उपसचिव कमलवहादुर थापा र नेपाल टेलिभिजनका सञ्चालक समितिका अध्यक्ष डा. महेन्द्र विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रदेश सरकारको हरेक क्रियाकलाप एवं विकासका गतिविधिलाई जनतासम्म पु¥याउने र जनताका चाहना एवं गुनासालाई सरकार सक्षम पु¥याउन सेतुको भुमिका खेल्न टेलिभिजनले सोही किसिमको कार्यक्रम बनाई प्रत्येक हप्ताको आइतबार साँझ कार्यक्रम प्रशारण सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
सरकारको लगानीमा सञ्चालित सरकारी सञ्चार माध्यम र सार्वजनिक विद्यालय सक्षम र प्रभावकारी हुनुपर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताए । आगामी दिनमा राष्ट्रिय समाचार समिति(रासस), गोरखापत्र र रेडियो नेपालसंग पनि सहकार्य गर्ने योजनाका साथ मन्त्रालय अगाडि वढिरहेको बताउदै मन्त्री कार्कीले सञ्चारमाध्यमले सत्यतथ्यमा आधारित प्रदेशका विकास कार्यक्रमहरु समाचार सम्प्रेषण गरेमा सङ्घीयता बलियो हुने बताए ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा विष्टले प्रदेश सरकारले जनताका समस्या वुझ्न र जान्न शुरु गरेको यस कार्यक्रमवाट नेपाल टेलिभिजन पनि लाभान्वित हुने कुरामा जोड दिए ।