CLASSICTECH NET

थाइल्याण्ड जाने खेलाडीलाई मन्त्री घिमिरेले गरे विदाई

खबर पूर्वाञ्चल, २५ भाद्र २०७६, बुधबार १५:१७

पुष्पराज थपलिया
विराटनगर / थाइल्याण्डमा भर्दौ २८ गतेदेखि हुने १४ औं एसियाली डोरीतान प्रतियोगिताको लागि खेल्ने नेपाली खेलाडीलाई विदाई गरिुएको छ ।

आज प्रदेश १ को सामाजिक विकाश मन्त्रालयमा आयोजित एक कार्यक्रममा सामाजिक विकाश मन्त्री जिवन घिमिरेले उनीहरुलाई दोसल्ला ओढाइ विदाई गरेका हुन् । विदाई गर्दै मन्त्री घिमिरेले सहभागि हुने खेलाडीलाई सफलताको शुभकामना दिँदै प्रदेश १ मा खेल क्षेत्रलाई प्रदेश सरकारले उच्च स्थानमा राख्दै खेलकुदलाई व्यसायिकरण गर्नुपर्नेमा जोड दिए ।

प्रदेशमा रहेको १ सय ३७ पालिकामा एउटा खेल मैदान निमाण गर्ने मन्त्री घिमिरेले जानकारी दिए । प्रदेशको प्रत्येक जिल्लामा खेल मैदान निमार्ण गर्न ७० लाख विनियोज गरेको मन्त्री घिमिरेले जनकारी दिए ।
थाइल्याण्डमा भदौ २९ र २९ गते हुने प्रतियोगितामा यूवराज चौधरीको कप्तानीमा १२ सदस्य टोली त्यसतर्फ प्रस्थान गर्ने नेपाल डोरीतान मोरङकी अध्यक्ष रिता न्योपानेले बताइन् । कप्तान चौधरीसहित सन्तोष तामाङ,सजन भुर्तेल, अशोककुमार चौधरी, विरञ्जन विश्वास, रवीकुमार कार्की,कुष्णकुमार वोगती, इमरान मियाँ, महेश चौधरी, कुष्ण योञ्जन र दिपकप्रसाद घिमिरे थाइल्याण्ड जाने छनर भने मुख्य प्रशिक्षकमा निश्चलराज शाक्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५