CLASSICTECH NET

सेन्ट जोसेफको ‘लक्ष्मीपूजा’ गुरुकुलमा मञ्चन

खबर पूर्वाञ्चल, २४ भाद्र २०७६, मंगलवार २१:०४

विराटनगर / विराटनगर विद्यालय नाटक महोत्सवको पाँचौ दिन आज ‘लक्ष्मीपुजा’ मञ्चन भएको छ ।

विराटनगरको सेन्ट जोसेफ स्कूलले हाटखोलास्थित सुशीला कोइराला नाटक घरमा साहित्यकार गोबिन्दबहादुर मल्ल ‘गोठाले’को कथा ‘लक्ष्मीपुजा’मा आधारित नाटक मञ्चन गरेको हो । कक्षा १० को पाठ्यक्रममा रहेको सो कथालाई नाट्य रुपान्तरण र निर्देशन आरोहण–गुरुकुल विराटनगरका विद्यार्थी भरत कार्कीले गरेका हुन् ।

“विद्यालयमा ड्रामा प्रशिक्षक नभएकाले आयोजक संस्थाको तर्फबाट मैले नाटक तयार गर्ने अवसर जुट्यो”, निर्देशक कार्कीले भने, “वर्तमान विकृत समाजको प्रतिबिम्ब यस कथामा पाएकाले यही मञ्चनका लागि यहि कथा रोजेँ” ।

मञ्चित नाटकले वर्गिय असमानताको मुद्धा उठाएको छ । वर्ग विभेदको खुल्ला स्वरुप हराउँदै गएपनि चाढपर्वमा गरिने तडकभडकले आर्थिक रुपमा विपन्न बालबालिकामा कस्तो असर पर्छ भन्ने कुरा नाटक मार्फत देखाइएको थियो । नाटकमा सेन्ट जोसेफ स्कुलका कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले अभिनय गरेका थिए ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५