आत्महत्या रोकथाम सम्बन्धी सचेतना मुलक कार्यक्रम

खबर पूर्वाञ्चल, २४ भाद्र २०७६, मंगलवार २०:००

विराटनगर / विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्या रोकथाम सम्बन्धी सचेतना मुलक कार्यक्रम आयोजना गरेको छ ।

मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ६ स्थित जनसेवा माध्यमिक बिद्यालयको प्राङगणमा कानेपोखरी गाउँपालिका र जनसेवा माध्यमिक बिद्यालयको संयुक्त आयोजनामा आज सचेतना मुलक कार्यक्रम आयोजना गरेको हो ।

कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मीराज अधिकारी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठ, कोशी अंचल अस्पताल विराटनगरका मनोचिकित्सक डा. रोशन पोखरेल, स्थानिय जनप्रतिनिधी, बिभिन्न राजनितिक दलका प्रतिनिधी, बिभिन्न संघ संस्थाका पदाधिकारी, स्थानियवासीको उपस्पधी थियो ।

कार्यक्रममा कानेपोखरी बजारमा बिभिन्न सचेतना मुलक ब्यानर तथा प्ले कार्ड सहितको ¥याली निकालिएको थियो भने दोस्रो चरणमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले आत्महत्याको बृद्धि तिब्र रूपमा बढि रहेको र यसलाई न्यूनीकरण गर्न समयमानै सबैले आ–आफ्नो ठाउँबाट क्रियाशिलता देखाउन जरूरी रहेको बताए ।

मनोचिकित्सक डा. रोशन पोखरेलले आत्महत्या न्यूनीकरण गर्नको निमित्त गर्नु पर्ने ब्यवहार तथा आत्महत्या बढ्नुको कारण समेत प्रष्ट पारे ।

कार्यक्रममा कानेपोखरी गाउँपालिकाका प्रमुख काफ्लेले आत्महत्या रोकथामको लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५