पूर्वाञ्चल खबर
विराटनगर / मोरङ बुढिगंगा गाउँपालिकामा सुन पसल सञ्चालन गरेर सुन व्यापारीले सक्कली भनि नक्कली सुन विक्री गर्दै सर्वसाधरणबाट लाखौं रुपैयाँ ठगि गरेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरीले मोरङको बुढीगंगा गाउँपालिका – २ स्थित गणेश लक्ष्मी ज्वेलर्स (सुन पसल) सञ्चालन गर्दै आएका विराटनगर महानगरपालिका – ४ का अन्दाजी ३६ वर्षिय जितेन्द्र साह स्वर्णकारलाई प्रहरीले पक्राउ गरेको हो ।
व्यापारी स्वर्णकारले आफ्ना सुन पसलमा धितो राखेको सुनहरू समय सिमा पुरा भएपछि ग्राहकले आएर साँवा र व्याज चुक्ता गरेपछि सक्कली सुन राखेर नक्कली सुन दिने गरेको प्रहरीको अनुसन्धाबाट खुलेको हो । सुन व्यापारी साहले पा्ररम्भिक चरणको अनुसन्धाबाट आजसम्म विभिन्न ८ जनाको ८ लाख मुल्य बराबरको सक्कली सुन भनि नक्कली सुन दिएर ठगि गरेको मोरङ प्रहरीका डिएपी घनश्याम श्रेष्ठले जानकारी दिए । ‘पैसा आवश्यक परेपछि ग्राहकहरूले पक्राउ परेका स्वर्णकारको सुन पसलमा सुन धितो राखेको हुदो रहेछ,’ डिएसपी श्रेष्ठले भने, ‘ग्राहकले राखेको सुनको सिमित अवधि पुरा भएपछि ग्राहक सुन पसलमा साँवा र व्याज चुक्ता गरि आफनो सुन माग्ने गर्दछन् । त्यसै बेलामा सुन व्यापारीले ग्राहकले धितोमा राखेको सुन जस्तै बनाएर नक्कली सुन दिने रहेछन् ।’
जिल्ला प्रहरी कार्यालय मोरङमा सक्कली भनि नक्कली सुन गणेश लक्ष्मी ज्वेलर्स (सुन पसल) सञ्चालन गर्दै आएका स्वर्णबाट ८ जना ठगिएको भन्दै उजुरीको आधारमा उनलाई विराटनगर – ४ बाट पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए । मुलुकी अपराध संहिता, २०७४ को ठगी कसुर अन्तर्गत जिल्ला अदालत मोरङमा म्यात थप गरि अहिले अनुसन्धान गर्दै आएको उनले बताए ।